अम्बा को पातका फाइदाहरु


 Guava Leaf Benefits अम्बा को पातका फाइदाहरु

१. सुगर, मधुमेह को लागी।
२. राम्रो कोलेस्ट्रोल को लागी।
३. पाचन शक्तिको लागी।
४. मुखमा छाला पर्दा को लागी।
५. दाँत अनि गिंजा को लागी।
६. अनुहारको डन्डीफोर को लागी।
७. पुरानो भन्दा पुरानो खोकी को लागी।
८. डेंगु को लागी।
९. कुनै पनि किसिमको एलर्जी को लागी।
१०. शरीर भित्रको घाउको लागी।
११. मोटोपन कम गर्नको लागी।
बनाउने विधि:-
।। दाँत,गिँजा अनि मुखमा छाला पर्दा ।।
पहिला १ गिलास पानी कुनै एउटा भाँडोमा हालेर ७ देखि ८ वटा पात लिएर उमाल्नुहोस। अनि पानी आधा गिलास जति भए पछि उतार्दिनुहोस। अनि पानी मनतातो भए पछि मुख मा हालेर खुल्ला गर्नुहोस। दिनको दुई पटक।

।।अनुहारको डंडीफोर को लागी बनाउने विधि:-
अम्बाको ७/८ पात लिएर आउनुस अनि पातलाइ मज्जाले
मसिनो हुने गरि कुटनुहोस। अनि अनुहारमा लगाउनुहोस।
अब १५/२० मिनेट पछि सफा पानीले आफ्नो अनुहार
धुनुहोस।
सुगर, मोटापा, कोलेस्ट्रोल,पाचन,खोकी, डेंगु, एलर्जी, शरीर भित्रको घाउ
यसको लागी भने
तँपाइले खान सक्नु हुन्छ भने खाली पेट २ वटा पात बिहान
मसिनो चपाएर खानुहोस। चपाउन नसक्ने अथवा तेसै खान
नमिठो लाग्छ भने यो उपाय अपनाउनुहोस।
अम्बाको ४/५ वटा पात लिएर आउनुहोस।अनि राम्रो संङ्ग सफा पानीले धुनुहोस।कुनै एउटा भांडो मा राख्नुहोस अनि १ गिलास पानी हालेर उमाल्नुहोस अनि खानुहोस। खाली पेट मा खाएपनी हुन्छ खाना पछि खाए पनि हुन्छ।यसलाई चिया को रुपमा लिन सकिन्छ। धन्यवाद।।

Post a Comment

Previous Post Next Post

Basketball

Facebook